नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’ प्रतिबन्धको समयमा जेल हिरासत भोगेर लामो समयपछी जन्म स्थल पुगेका छन । जन्मस्थल पुगेका वलीलाई स्वागत तथा अभिनन्दन गर्न शुभ चिन्तक तथा बिपक्षी दलका नेता कार्यकर्ताहरु तल्लिन छन।

नेपाली राजनीतिक संस्कारलाई हेर्दा यसरि बिपक्षीदलका नेता कार्यकर्ताहरु अभिनन्दन कार्यमा जुट्ने गरेको दृश्य कमै मात्रामा देख्न पाइन्छ । नेता आदर्श लगायतका जेल हिरासत मुक्त नेताहरुको स्वागत तथा सम्मान कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी गंगादेवले आयोजना गरेको थियो । उक्त कार्यक्रममा स्वतःस्फूर्त उपस्थित भएका स्थानीय समुदाय र बिपक्षीदलका नेताहरु विभिन्न समस्या सहितका डेलिगेसन बोकेर अभिनन्दन गर्दै सहयोगको अपेक्षा समेत जाहेर गरे ।

चुडामणि वली ‘आदर्श’ बाल्यावस्थामा पढे लेखेको स्कुल बिरेन्द्र मावि नाउलीमा बिहिबार पुगे । उक्त स्कुलका संस्थापक तथा समाजसेवी ८६ बर्षिय गंगाराम डाँगी अभिनन्दन कार्यक्रममा उपस्थित थिए । अभिनन्दन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि जय बहादुर डाँगी, नेकपा एमालेका प्रतिनिधि मिस्रि प्रसाद डाँगी, माओबादी केन्द्रबाट वडासदस्य तथा जनप्रतिनिधि दिपेश डाँगी, नेपाली कांग्रेसका प्रतिनिधि दिपेन्द्र बहादुर डाँगी, समाजबादी पार्टीका प्रतिनिधि कृष्ण डाँगी लगायत शिक्षक बुद्दिजिबि तथा स्थानीय वृद्द अभिभावकहरुको उपस्थिति रहेको थियो ।

स्थानीय समाजसेवी गंगाराम डाँगीले अबको बिकाश प्रेमी नेता चुडामणि वली ‘आदर्श’ भएको बताए । वलीलाई शुभकामना दिंदै अभिभावक डाँगीले अबको जिम्मेवारी तपाईको काँधमा छ भन्दै नयाँ पुस्ता समाज सुधारमा लाग्नु पर्ने बताए ।

अन्य विभिन्न राजनीतिक दलहरुले आग्रह-पुर्बाहग्रह नराखी चुडामणि वलीबाट सहयोगको अपेक्षा रहेको बताएका थिए ।

स्थानीय समुदाय, विभिन्न राजनितिक दलका प्रतिनिधि र शिक्षक बिद्यार्थीद्वारा स्वागत तथा अभिनन्दन गर्ने कार्य भएको थियो । कार्यक्रममा गाउँकमिटी इन्चार्ज किरणको उपस्थित रहेको थियो भने औपचारिक कार्यक्रमको सभापति युवा संगठन नेपाल रोल्पाका सचिव खिम वली थिए । कार्यक्रमलाई नबिन क्षेत्रीले सहजीकरण गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार