
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं राेल्पा जिल्ला इन्चार्ज केश बहादुर बाँठामगर सुवासका ममतामयि आमा एवं महान जनयुद्धका पहिलाे घाइते मनखना बाँठामगरकाे श्रद्धान्जलिसभा माडी-५,भाबाङमा सम्पन्न भएकाे छ ।
श्रद्धान्जलिसभालाइ सम्बाेधन गर्न नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्ताेष बुढामगर त्यहा पुगेका छन् । सभालाई सम्बाेधन गर्दै बुढामगरले स्वर्गिय मनखना बाँठामगरकाे प्रेरणाबाट क.सुवास लगायत थुप्रै क्रान्तिकारि छाेराहरू जन्मिएकाले अब आमाकाे प्रेरणाबाट जन्मिएका हामि क्रान्तिकारि छाेराहरू आमाकाे सपना पुरा गर्न कतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयाे ।

स्वर्गिय मनखना बाँठामगरका जेष्ठ सुपुत्र एवं नेकपाका राेल्पा जिल्ला इन्चार्ज केश बहादुर बाँठामगरकाे अध्यक्षतामा भएकाे श्रद्धान्जलिसभामा नेकपाका केन्द्रीय सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज जागृति,नेकपाका राेल्पा जिल्ला बिशेष कमिति सदस्य प्रयास,नेकपा एमालेका राेल्पा जिल्ला उपाध्यक्ष विजय घर्ती,नेकपा माओबादी केन्द्रका माडि गाउपालिका सचिव बिर बहादुर घर्तीमगर(हावा) लगायतले श्रद्धासुमन मन्तव्य राखेका थिए भने सहजिकरण नेकपाका राेल्पा सेक्रेटरी दीनेश बिक्रम चन्दले गरेका थिए ।
काे हुन मनखना घर्तीमगर ?
बिक्रम सम्बत १९९५ बैशाख १४ गते राेल्पा भाबाङमा जन्मिएका मनखना बर्ग सङ्घर्षका समय २०५१ सालमा प्रहरि र स्थानिय बिच भएकाे झडपमा पुलिसकाे गाेलि लागि जनयुद्धकाे पहिलाे घाइते भएका थिए । उनकाे ८३ बर्षकाे उमेरमा यहि काक्तिक २४ गते आफ्नै घर भाबाङमा निधन भएकाे हाे ।







