
अनिल थारु/कपिलवस्तु ।
नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले जिल्ला भित्र रहेको विभिन्न ठाँउमा सिठ्ठी जुलुस गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेका कारण नेपाल बन्दको आह्वान गरेको छ ।
शिवराजनगरको बनकत्ताबाट सुरु भइ शिवपुर, भलुही,समिती चोक, चन्द्रौटा बजार हुँदै बेलौटी चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेकपा शिवराज नगर इन्चार्ज पाबेलले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन युवा संगठन कपिलवस्तु जिल्ला सदस्य योगेन्द्र पुनले गरेको थिए ।
नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध चरणबद्ध संघर्ष गरिरहेको छ । सिठी जुलुसमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध नाराबाजी गरिएको छ ।
नेकपाले देउवा–प्रचण्ड–माधव नेतृत्वको गठबन्धन सरकारले जनताको ढाड सक्नेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको विरुद्धमा देशव्यापी आन्दोलनको सिर्जना गरेको र बाध्य भएर ३० गते नेपाल बन्द गर्न लागेको हुँदा यो जनजिविकाको सवाल भएको हुँदा सहयोग गर्न सबै सुदूर–पश्चिमबासीमा अपिल गर्दै भोलि कार्तिक ३० गते नेपाल बन्दको आब्हान समेत गरेका हो ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले कपिलवस्तुकाे विजयनगर गाउँपालिका, शिवराजनगर , कृष्णनगर, महाराजगन्ज, बाणगंगा, बुध्दभूमी, कपिलवस्तु नगरपालिका लगायत विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोध सिठी जुलुस प्रदर्शन गरेका हुन् ।
नेपाल बन्द सफल पार्न सम्पूर्ण जनसमुदायलाई नेकपाले अपील गरेको छ ।







