
पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले आज कार्तिक ३० गते नेपालबन्दको आयोजना गर्दा देशभर यसको प्रभाव परेको छ ।
नेपालबन्दले यातायात, उद्योगधन्दा, कलकारखाना, शैंक्षिक संस्थालगायत सबैतिर यसको प्रभाव परेको छ । विगतमा काठमाडौंमा प्रायजसो बन्दको खासैं प्रभाव नदिने गरेकोमा यसपटक निकैं प्रभाव परेको छ ।
पूर्व पश्चिमका लामो दुरीका यातायात त बन्द हुने नैं भइहाल्यो, छोटो दुरीका सवारी साधनसमेत ठप्प छन् ।
बन्दका क्रममा विप्लव नेकपाका दर्जनौं नेता कार्यकता गिरफ्तार भइरहेको समाचार आएका छन् ।








