
सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको भारी मुल्यबृद्धिका विरुद्ध विप्लव नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा प्रहरीेले सो पार्टीका दर्जनौं नेता
यसैक्रममा आज बिहानै काभ्रेको बनेपाबाट नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज आधारसहित १३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
यसैगरी तनहुँमा नेकपाका ११ जना नेता कार्यकर्तालाई दमौली बजारबाट गिरफ्तार गरेको छ ।
प्रहरीले बिहान करिब साढे ५ बजे सो पार्टीका जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओमविक्रम पन्त, मजदुर संगठनका जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तीकारीका जिल्ला सचिव शिव सदाशंकर, मगर मुक्तिमोर्चाका जिल्ला सदस्य रणविर राना लगायत ११ जना लगायत नेता कार्यकर्तालाई पक्राउ गरेको सो पार्टीका जिल्ला इन्चार्ज पुर्णजित पुनले जानकारी दिए ।
नेपाल बन्दका क्रममा युवा संगठन नेपालका महासचिव विदुषीलाई काठमाडौँबाट गिरफ्तार गरेको छ । विदुषीसँगै कान्छा तामाङलाई पनि गिरफ्तार गरेको बताइएको । काठमाडौँबाट गिरफ्तार भएकाहरुलाई महाराजगञ्जमा राखिएको बताइएको छ ।
नेपाल बन्दको आयोजना गर्दै संघर्षमा होमिएको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई आज बिहानै प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले नेकपा कास्कीका जिल्ला सदस्य एवं कार्यलय सचिव काजी गुरुङ र अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजलाई छोरेपाटनबाट पक्राउ गरेको हो ।







