काठमाडौंको सेन्ट्रल जेलामा करिव ६७ महिनाजेल सजाए भोगेका राम प्रसाद शर्मा (कर्णाली) जेल बाट मुक्त भएका छन । जुम्ला सिंजा चुलेलगाउँका स्थानीए नेपाली काङग्रेस नेता रहेका उमाकान्त हमालको हत्या प्रकरणमा शर्मालाई झुट्टा आरोप लागाइ २०७२ साल चैत्र २६ गते पार्टीको काम काजमा हिडिरहेका बेला जुम्ला बजार मा प्रहरीले एक्कासि गिरफ्तार गरेको थियो ।

शर्मा लगाएत गाउँका सोझा साझा स्थानीय ६ जनाको नाममा पीडित भनिएकाले जुम्ला जिल्ला अदालतमा मुद्दा दाएर गरे पछि सबैले बिना कसुर सजाए भोक्नु परेको शर्माले बताए । केहि दिन अगाडि जुम्ला जिल्ला अदालतमा शर्माको पक्षमा वकालत गर्न पुगेका वरिष्ठ वकिल एकराज भण्डारीले यो मुद्दा झुट्टा भएको र नेपालको कानुनले अन्यायमा परेकालाइ छिटो न्याय दिन नसकेको र लामो समयसम्म अनावश्यक रुपमा शर्मालाई दुःख दिएको भन्ने तर्क प्रस्तुत गर्दै पैरवि गरेपछि जुम्लाका न्यायाधीशको एकल इजलासले राम प्रसाद शर्माले मुद्दा बाट उन्मुक्ति पाएका हुन । जेल बाट निक्ले पछि काठमाडौंमा उनका पाटीपंक्ति एबम सुभ चिन्तकले स्वागत गरेका थिए ।

मङ्सिर ३० गते जुम्ला बजार आएपछि उनको जन्मभुमि सिंजाको रनुखाना गाउँ मा उनका आफन्त शुभचिन्तक र नेकपा जुम्ला द्वारा भब्य रूपमा स्वागत तथा अभिनन्दन कार्यक्रम गरेको हो । कार्यक्रममा विभिन्न पाटीका नेता हरुले आफ्नो मन्तब्य सहित स्वागत गरेका छ्न। अभिनन्दन कार्यक्रमका प्रमुख अतीथि महान , सभापती राम प्रसाद शर्मा कर्णाली र अन्य अतिथि नि बर्तमान नेकपाका जुम्लाका इन्चार्ज रविकिरण र नेपालजन पत्रकार संगठनका केन्द्रिय आयोजक समितिका केन्द्रिय सद्स्य केबि गाउँले रहेका छ्न । अखिल क्रान्तिकारीका केन्द्रिय सद्स्य रमेस रावतले अभिनन्दन कार्यक्रममा आएका अतिथि हरु लाइ स्वागत मन्तब्य द्वारा स्वात गरेका छ्न । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महानले भने नेकपाको जित भएको छ र नेपालमा कानुनी राज्य को वास्तविकता लाई आम जनतालाइ महसुस गराउनु पर्छ र गरिब हरुले न्याय न पाउनु दुःख लागेको बताए ।

कार्यक्रम मा हुड्के तथा दमाहा नाच गरि भब्य रुपमा स्वागत तथा अभिनन्दन गर्दै शर्माको फुल माला र अबिरले निधार रङ गिन भएको छ र चौतर्फी रूपमा स्थानीय हरुले कर्णाली सिंजाको अभिभावक पाएको स्थानीय हरुको आबाज बाट नै थाहा पाउन सकिन्छ । अन्तमा अभिनन्दन कार्यक्रममा आएका सबैलाई धन्यबाद दिदै शर्माले भने आफु मान्छे मारेको नभै आम नेपाली सर्भहारा जनताको मुक्तिका लागि लामो समय देखि लागि वर्गसंघर्ष गर्दै आएको र आफुमाथी झुट्टा मुद्दा लगाए र म लगाएत चुलेल गाउँका निर्दोष सोझा साजा मानिस हरुलाइ जेल सजाए खेप्नु परेकोमा दुःख लागेको बताए l

नेपाल मा कानुन गरिबका लागी मात्र छ तर धनिमानी ले जे गर्दानी हुने ,जस्तो अपराध गर्दा हुने उनलाई सजाए हुदैन । त्यो मैले ६ बर्षको जेल अनुभव बाट मुल्यांकङ गरे । रन्जन कोइराला जस्ता ज्यान मार्ने श्रीमतिको हत्या अभियोग लागेका लाई प्रधान्यायधिस चोलेन्द्र शमशेर जबराले जेल मुक्त गरे । अनि का छ कानुन हरु त्योआम नेपाली जनताले बुज्नु पर्छ । आफुहरुले आनावस्यक रुपमा दुख पाएको अनुभव राखे । अब नेपालमा बैज्ञानिक समाजबादी ब्यबस्थालाइ लागू गर्नका लागि र जनमत सङ्ग्रह गर्न आम नेपाली हरु एक हुने बेला आएको पनि शर्माले अफ्नो मन्तब्य राख्दै उपस्थिति सबै लाइ धन्यवाद दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार