नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको एमसीसीमार्फत् आउने अनुदान फिर्ता होस् भन्ने आफुले नचाहेको बताएका छन् ।

भरतपुर विमानस्थलमा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले अमेरिकी अनुदान फिर्ता जाओस् भन्ने नचाहेको बताए।

‘मेरो अमेरिकन सहायक विदेश मन्त्री र राजदूतसँग सौहार्दपूर्ण वातावरणमा खुलेर छलफल भयो। मैले अमेरिकन अनुदान फिर्ता जाओस् भन्ने त हामी चाहँदैनौं, हामीलाई भौतिक पूर्वाधारका निम्ति अनुदान आवश्यक छ, अमेरिकासँग पहिले पनि सहयोग लिँदै आएको हो भन्ने कुरा भयो,’ उनले भने, ‘एमसिसीको सक्कल सहमति र पछिल्लो सहमतिको विषयमा जो अन्तर्विरोध देखापर्‍यो त्यो कारणले समस्या देखिएको मात्रै हो यसलाई हामी राष्ट्रिय सहमति गरेर निकास निकाल्ने कोसिस हुन्छ भनेको छु।’

उनले केही दिनमै सबै राजनीतिक दलहरूको बैठक बसेर सहमति बनाउन प्रधानमन्त्री र आफ्नो कुरा भएको बताए।

सर्वोच्च अदालतमा चलिरहेको आन्दोलनको प्रसंगमा अध्यक्ष प्रचण्डले आदालतको समस्या अदालत भित्रैबाट समाधान होस् भन्ने चाहेको बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार