हर्क घर्तीमगर,म्याग्दी बेनी । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द(विप्लव)ले नेपालकाे प्रथम शहिद लगन थापामगर लगायत विभिन्न आन्दाेलनमा रगत बगाउने शहिदहरू कुनै निश्चित जातिकाे लागि रगत बगाएकाे नभई सिङ्गाे उत्पीडित र श्रमिक जनताकाे मुक्तिकाे लागि रगत बगाएकाे बताउनुभएकाे छ ।

पार्टी निकट मगर मुक्तिमाेर्चा नेपालकाे चाैथाे राष्ट्रिय सम्मेलन उत्घाटन समाराेहलाई सम्बाेधन गर्दै विप्लवले साे धारणा राखेका हुन् अर्काे प्रसङ्गमा कुरा राख्दै महासचिव विप्लवले नेपालमा चलेकाे १० बर्षे जनयुद्ध प्रचण्ड बावुरामकाे अनुहार हेरेर नभई नेपालका लाखाै श्रमिक उत्पीडित जनताकाे मुक्तिका लागि लडिएकाे र साे क्रममा हजाराै शहिद,वेपत्ता घाइते एवं कैयाै चेलिहरू बलात्कृत हुनुपरेकाे प्रसङ्ग काेट्याउदै जनयुद्धमा भएकाे बलिदानकाे भार ठेक्न नसकेर तत्कालिन नेतृत्व लडबडाइरहेकाेले आफुहरूले ति शहिदका सपना पुरा गर्न नयाँ आन्दाेलनकाे नेतृत्व गर्नु परेकाे समेत जिकिर गर्नुभयाे ।

मगर मुक्तिमाेर्चा नेपालकाे चाैथाे राष्ट्रिय सम्मेलन आयाेजक समितिका संयाेजक गम बहादुर श्रीस मगरकाे अध्यक्षतामा भएकाे उत्घाटन कार्यक्रमा नेपाल कम्यूनिष्ट पार्टीका सचिवालय सदस्य एवं केन्द्रीय जनपरिषदका संयाेजक सन्ताेष बुढामगर,पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय माेर्चा नेपालका अध्यक्ष रामलाल बिश्वकर्मा,पार्टीका केन्द्रीय सदस्य एवं शहिद तथा वेपत्ता परिवार समाजका संयाेजक आष्था,अखिल नेपाल महिलासंघ(क्रान्तिकारी) का केन्द्रीय सचिव उषा लगायतले शुभकामना मन्तव्य राखेका थिए भने पार्टीका केन्द्रिय सदस्य तथा अखिल नेपाल भूमिहिन सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष ओम प्रकाश पुन,पार्टीका केन्द्रीय सदस्यहरू विप्लव,असल,विकिरण,उभार,सामना सास्कृतिक परिवारका प्रतिनिधि आराेही,यूवा संगठन नेपालका केन्द्रीय काेषाध्यक्ष विश्लेषण, अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य अटल, जनक्रान्तिका घाइते अपाङ्ग संगठनका प्रतिनिधि पासाङ, एकिकृत जनक्रान्तिका हशिद जगत पुनका जेठा छाेरा हिमाल पुन,पुर्व जनमुक्ति सेना नेपालका बिग्रेड सहकमाण्डर लालु किसान(आकाश),पार्टीका पर्वत जिल्ला सेक्रेटरी अनन्त,म्याग्दी सेक्रेटरी दिपा,बाग्लुङ जिल्ला सेक्रेटरी आकाश,मुस्ताङ जिल्ला सेक्रेटरी नविन,म्याग्देली कम्यूनिष्ट नेटाहरू भुमिराज पुन,शिव श्रेष्ठ,ध्रुवलाल शर्मा,मिन बहादुर बानिया(अशाेक) लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

सम्मेलन आयाेजक समितिका सदस्य इन्द्र घर्तीमगरकाे सन्चालनमा चलेकाे कार्यक्रममा निरू थापामगरले मन्तव्य मार्फत स्वागत गरेका थिए भने सामना सास्कृतिक परिवार केद्रीय टिमले स्वागत गित प्रस्तुत राखेका थिए । हजाराै संङ्ख्यामा जनसहभागिता थियाे भने १० भन्दा बढी समुहले स्थानिय झाकि प्रदर्शन गरे ।

मंसिर ११ गते सम्म चल्ने माेर्चाकाे सम्मेलनमा देशैभरीबाट ३ सय बढी संङ्ख्यामा प्रतिनिधि पर्यवेक्षक सहभागि रहेकाे आयाेजकले जनाएकाे छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार