
विप्लव नेकपाको आठौं पुनर्गठन दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। हिमाल, पहाड र तराईका सदरमुक़ाम र स्थानीय स्तरमा उत्साह र उमंगका साथ मनाएको अवस्था छ। यो आठ वर्षको समयावधिमा उथलपुथल र अदलबदल भएको छ।
राष्ट्रिय र अन्तरराष्ट्यि रूपमा विकास र परिवर्तन भएको छ। संस्कार र चिन्तनमा देश प्रतिगमनको छायाँमा परेको छ। घरेलू सामन्तवाद, दलाल पुँजीवाद र जनताबीच अन्तर सवरोधको खाडल बढेको छ। लेण्डूपे प्रबृति ह्वात्तै बढेको छ। नेपालमा बसेर विदेशीको दास बनेका छन् नेताहरू। सबभन्दा आश्चर्यको कुरा त संसदको दलदलमा डुबेर माओवादी एकता भनिएको छ। एकता हुनु राम्रो कुरा हो तर कार्य नीति र विचार नमिलिकन एकता गर्न खोज्नु केको लागि एकता हो ? यो गंभीर कुरा छ। स्पष्ट भन्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो राजनैतिक चरित्र सुधार गर्नुपर्छ।

अहिले नेकपा महासचिव विप्लवले सबै पार्टी पंक्तिहरूसँग संवाद गर्नु भएको छ। भेटमा त सकारात्मक कुरा छ। तर सानैदेखि लागेको बानी कतै नजाने ( प्रलोभनमा नेताहरूले साम्राज्यवाद सँगको संबन्ध छोड्न सकेका छैनन्। एमसीसी पासगर्ने शर्तमा ११ अर्ब त नेताहरूले भागबण्डा गरिसकेको बुझिन्छ। त्यसैले सत्तावादी र प्रतिपक्ष एमसीसी पासगर्ने पक्षमा देखिएको छन्। तर पनि संसदमा नै देशभक्त केही सांसदहरूले एमसीसीको विरोध गरिरहेका छन्। यसैको विरोधमा नेकपाले एमसीसीको विरोधमा खुल्लामंचमा एतिहासिक विशाल सभा गरिसकेको छ। जिल्ला जिल्ला टोल टोलमा एमसीसीको विरोधका स्वरहरू आएका छन्। भब्य कार्यक्रमहरू भएका छन्।
अमेरिकाले नेपालको माटोमा टेकेर चीनलाई हिर्काउने योजना बनाईरहेको छ। अमेरिकाले नेपाललाई अफ़ग़ानिस्तान बनाएर नेपालको भण्डार लुटने चाहना राखेको छ। आईपिएस यसैको लागि हो। कस्तो सहयोग हो ? चाहिदैन चाहिदैन भने पछि पनि एमसीसी दिलाउन् र यसैको बहानामा लूट गर्न चाहन्छ उत्तर साम्राज्यवादी अमेरिका। यसैको लागि सहायक विदेशमन्त्री नेपाल आएर दलालहरूसँग भेटवार्तागरी फिर्ता गएका छन्। अब एमसीसी पास गराउन खोज्नेहरूलाई ठाउँको ठाउ तह लगाउनुपर्छ। विरोध गर्नुपर्छ।
पचास करोड़ डलरको चारों देखाएर नेपाललाई एम्बुसमा राख्न चाहन्छ अमेरिका। नेपालको सबै विद्युत गोरखपुर लगेर रिजर्भ गरी भारतले नाफा खाएर बेच्ने यो कहाँको न्याय हो ? ५६ अर्ब पैसा त एनसेलको राजश्वबाट पनि उठ्ने थियो। वाइडबडी, प्रिन्टिंग प्रेस, ललिता निवास जग्गा प्रकरणबाटबाट पनि आउनसक्छ।
नेकपाले यी कुराहरूको विरोध गरेकै कारण दुई वर्षसम्म पार्टिलाई प्रतिबन्ध गरियो। राष्ट्रिय अन्तर राष्ट्रिय विरोध भैरहदा प्रतिबन्ध खुलाए पनि अझै सयौं कार्यकर्ता बन्दी जीवन बिताई रहेका छन्।
नेकपा एउटा शक्ति हो जसले राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको लागि लामबद्ध भएर लागेको छ। वैंज्ञानिक समाजवादको गन्तब्यमा पुग्न एकीकृत जनक्रान्ति अनवरत चलेको छ। यसैको विकासमा साम्यवाद आउने छ। यसकारण सबै देशभक्त न्यायप्रेमी नागरिक आफ्पानो पार्टी भन्दा माथि रहेर बुलन्द आवाज निकालौं । देश रहे हामी नेपाली रहने छौं। अन्यथा नेपालको अवस्था अफगानिस्तानको जस्तो हुने निश्चित छ।







