राजसंस्थाको माग गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन काठमाडौंमा हुँदैछ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनबीच तीव्र प्रतिस्पर्धा रहेको छ । रापप्राको एकता महाधिवेशन जारी रहेकै बेला पूर्वराजा ज्ञानेन्द्र शाहले चासो र चिन्ता व्यक्त गरिरहेको खुलासा भएको छ ।

महाधिवेशनबाट नेतृत्वमा आउनका लागि थापा र लिङ्देन पुर्वराजा शाहलाई भेटेको स्रोतको दावी छ । अध्यक्षका दुबै उम्मेदवार पुर्वराजा शाहलाई भेटेको र मतदातामार्फत् उनीहरुले राजाको समर्थन आफूलाई नै भएको दावी गरिरहेका छन् ।

राजतन्त्रको माग गर्ने पार्टीको एकता महाधिवेशनबाट नेतृत्वको समेत चयन हुने भएकाले पुर्वराजा शाहले पनि ‘चनाखोपूर्वक महाधिवेशनलाई हेरिरहेको हुनसक्ने’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

अध्यक्षका उम्मेदवार लिङ्देनलाई समर्थन गरेका राप्रपाका एकजना अध्यक्ष प्रकाशचन्द्र लोहनीलाई निर्मल निवासले कमल थापाइतरको समूहलाई समर्थन गरेको र जिताउन चाहेको विषय महाधिवेशन स्थलमा चर्चा भइरहेको छ । तर प्रवक्ता श्रेष्ठले यसलाई बेकारको कुरा भन्दै आफूलाई त्यसबारेमा केही थाहा नभएको बताउँछन् ।

महाधिवेशनमा सहभागी एक प्रतिनिधिले राजतन्त्रको पक्षमा उभिएको प्रमुख दल भएकाले राप्रपाको महाधिवेशनप्रति निर्मल निवासको चासो र चिन्ता दुवै रहेको बताउँछन् । शाहले महाधिवेशनबाट चयन हुने नेतृत्वप्रति निकै चासो राखेको स्रोतको दावी छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार