नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आज एक प्रेस विज्ञप्ति मार्फत किरण तामाङलाई निष्कासन गरिएको छ। उनी केही दिन अघि अनलाइन, मिडिया मार्फत प्रचार प्रसारमा आए जस्तो जिम्मेवारीमा रहेको कुरा झुटो रहेको बताएको छ।

विगतमा पार्टीमा आबद्ध भई केही काम गरेको र वीचमा पार्टीको नीति, विधि र पद्धति विपरीत कदम चालेकोले यस अघि नै पार्टीको आन्तरिक कारबाहीमा परेको बताइएको छ।

मकवानपुरका जिल्ला सेक्रेटरी वाटरको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ कि केही दिन अघि सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा विशेष जिल्ला सेक्रेटरी किरण तामाङ सहित ६० जना नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश भनी आएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ। प्रचारमा आए जस्तो उनी जिल्ला सेक्रेटरीको भूमिकामा थिएनन्। उ

नलाई ५ महिना अघि नै पार्टीले पार्टी नीति, विधि र पद्धति विपरीत विरोधी पार्टीसँग साँठगाँठ गरेकोले जिम्मेवारीबाट हटाइएको थियो र उनी बाहेक अरु सबै कमरेडहरु कार्यक्षेत्रमा खटिरहेको कुरा सम्पूर्णमा जानकारी गराएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार