
विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीलगायत आठ राजनीतिक दलहरूले एमसीसीविरुद्ध कडा संघर्ष संचालन गर्ने घोषणा गरेका छन् ।
उनीहरुले मङ्सिर २४ गतेदेखि २८ गतेसम्म चरणबद्ध रुपले एमसीसीविरुद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
कार्यक्रमअनुसार मङ्सिर २४ गते २६ राजनीतिक दलरसङ्गठनहरूले घोषणा गरेको कार्यक्रमलाई समर्थन गर्दै सफल पार्नुका साथैं मंसिर २७ गते काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गर्ने, मङ्सिर २८ गते संसद भवन घेराउ गर्नेलगायत कार्यक्रम रहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुतीलगायत दलका नेताहरुले बुधबार संयुक्त प्रेस विज्ञप्तिमार्फत सङ्घर्षको कार्यक्रमलाई सशक्त पार्न सबैंमा अपिल गरेका छन् ।
संयुक्त विज्ञप्तिको भनिएको छ- ‘सङ्घर्षको कार्यक्रमलाई सशक्त पार्न देशका कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त शक्तिहरू र आम नेपाली जनतालाई व्यापक सहभागिताको निम्ति हार्दिक अपिल गर्दछौँ । नेपाली जनताको आवाजलाई बेवास्ता गर्दै एमसीसी सम्झौता कार्यान्वन गर्न खोज्ने मतियारहरूलाई नेपाली जनताले माफि नदिने कुरासमेत स्पष्ट पार्न चाहन्छौँ । कार्यक्रमहरू : मङ्सिर २७ गते एमसीसीको काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गर्ने, मङ्सिर २८ गते संसद भवन घेराउ गर्ने, मङ्सिर २४ गते २६ राजनीतिक दल/सङ्गठनहरूले घोषणा गरेको कार्यक्रमलाई समर्थन गर्दै सफल पार्ने र आगामी परिस्थितिलाई हेरी थप सङ्घर्षका कार्यक्रमहरू घोषणा गरिने छ ।’
संयुक्त प्रेस विज्ञप्तिको पूर्णपाठ….








