नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दार्चुलामा रहेका सरकारी कार्यालयमा चुच्चे नक्सा राख्ने अभियान सुरु गरेको छ।

सरकारी कार्यालयहरुमा चुच्चे नक्सा नराखिएको भेटिएपछि नेकपा दार्चुलाले अभियान थालेको जनाएको छ।

नेकपा दार्चुलाका सचिव भरत मल्लले सरकारले नयाँ सार्वजनिक गरेको नक्सा सरकारी कार्यालयमा नराखिएको भेटिएपछि नक्सा राख्ने अभियान थालेको बताए।

‘दार्चुलाका सरकारी कार्यालयमा अनुगमन गर्दा चुच्चे नक्सा राखिएको भेटिएन’, उनले भने, ‘त्यसले गर्दा आज जिल्लाको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यलयमा नक्सा राखेर अभियान शुरु गरेका हौँ।’  उनले अन्य कार्यालयमा पनि नक्सा राख्ने अभियान निरन्तर रहने बताए।

सरकारले २०७७ जेठमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। सरकारले सम्पूर्ण कार्यालयमा नयाँ सार्वजनिक भएको नक्सा राख्न निर्देशनसमेत दिएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार