
नेपाल कम्युनिष्ट पार्टी रोल्पाको आयोजनामा पश्चिम कमाण्ड स्तरीय राजनतिक तथा प्रशिक्षण कार्यक्रम घर्तीगाउँमा आज सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढा मगर ‘विषम’ले कार्यकर्ताहरुलाई राजनीतिक प्रशिक्षण दिएका हुन ।
नेता विषमले प्रशिक्षणको क्रममा जनमत संग्रहका लागि प्रगतिशील सरकारको गठनगरि बैज्ञानिक समाजबादी व्यबस्थाको बिकल्प आजको आवस्यकता रहेको प्रस्ट्याएका थिए । १० बर्षे जनयुद्दको नेतृत्वले धोका दिंदा बैज्ञानिक समाजबादका लागि पुन: एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरेको उनले बताए । एक फरक प्रसंगमा उनले भने, ‘एकता बिषयमा प्रचण्डले भ्रम पारेका छन्, चुनावमा हार बेहोर्ने भएपछी विप्लबसंग सहकार्य गर्नसके भोट बटुल्न सकिने आशयबाट एकताको लागि कृष्ण बहादुर महरालाई प्रयोग गरेका छन र कार्यकर्ताहरु देखिएको तिब्र असन्तुष्टि मत्थर पार्न प्रचण्डले एकताको हल्ला फिजाएका छन ।’
एमसीसी योजना नेपालमा भित्रिय राष्ट्रिय मुक्तिको लडाई हुने खतरा रहेको विषमले बताए । उनले भने, ‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय मुक्तिको लडाई हुनेछ ।’ रोल्पाको पश्चिम क्षेत्र अन्तर्गतका ३ वटा गाउँपालिकाका पार्टी कार्यकर्ताहरुलाई केन्द्रितगरि १ दिने संयुक्त प्रशिक्षण भएको थियो ।
नेकपाका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सुबासको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमलाई जिल्ला सेक्रेटरी दिनेश बिक्रम चन्दले संचालन गरेका थिए भने स्वागत मन्तब्य बिशेष कमिटी सदस्य सन्तोष सुबेदी ‘प्रयास’ले दिएका थिए ।
माडी गाउँकमिटी इन्चार्ज सन्दिप, गंगादेव गाउँकमिटी इन्चार्ज किरण र परिवर्तन गाउँकमिटी इन्चार्ज पृथ्वीले पार्टीको संगठनात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।







