नेकपाका प्रवक्ता प्रकाण्डले एमसीसी विरुद्ध शान्तिपूर्ण संघर्षमा दलाल सरकारले प्रहरीलाई दमन गर्न निर्देशन दिएको भन्दै दलालहरुसित हिसावकिताव गर्ने बताएका छन् ।

प्रकाण्डले एमसीसी कुनैपनि हालतमा पास हुन नदिने बताउदै यसका विरुद्ध अनिश्चितकालीन संघर्ष गर्ने बताए । उनले एमसीसीका दलालहरु बस्ने स्थानहरु संघर्षको मोर्चा हुने भन्दै प्रवक्ता प्रकाण्डले एमसीसीविरुद्ध सम्पूर्ण देशभक्त, लोकतन्त्रवादीहरु संघर्षमा उत्रिन अपिल गरे । उनले साम्राज्यवादका दलालहरु देश छोड्न बाध्य हुनुपर्ने बताउदै त्यसका लागी तयार रहनुपर्ने बताए ।

प्रवक्ता प्रकाण्डले अहिले सत्ता दलाल पुँजीपति वर्गको भएको भन्दै उनीहरु राष्ट्रघाती र जनघाती भएकोले अवको क्रान्ति उनीहरुको विरुद्ध हुने बताए । प्रवक्ता प्रकाण्डले दलाल पुँजीवादी व्यवस्था नै आजको समस्या भएको भन्दै यसको विकल्प अर्थात् क्रान्तिको लक्ष्य वैज्ञानिक समाजवाद भएको बताए ।

प्रवक्ता प्रकाण्डले जनताले आफ्नो व्यवस्था छान्ने अधिकार पाउनुपर्ने भन्दै त्यसका लागी जनमत संग्रह आवश्यक भएको बताए । जनमत संग्रहको निम्ति प्रगतिशील सरकार बनाउनुपर्ने भन्दै त्यसमार्फत् देशको राजनीतिक आर्थिक व्यवस्था बदल्नुपर्ने बताए ।

प्रकाण्डले आन्दोलनमा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यो घटना पाशविक र निन्दनीय भएको भन्दै भत्र्सना गरे । आन्दोलनमा सहभागि सबैलाई प्रकाण्डले धन्यवाद दिए ।

आठ राजनीतिक दलको आयोजनामा एमसीसी विरुद्ध संसद भवन घेराउनको क्रमको प्रकाण्डसहित दर्जनौं नेता कार्यकर्ताहरु घाइते भएका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार