
एमसीसीविरुद्ध संसद घेराउमा उत्रेका विप्लव नेकपासहित ८ राजनीतिक दलले आफ्नो आन्दोलनलाई जारी राख्ने बताएका छन् ।
आज नेकपासहितका राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको सरकारी दमनको घोर निन्दा र भत्र्सना गरेका समेत गरेका छन् ।
नेकपाका महासचिव विप्लव, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मङ्गलबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसीविरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाउने सबैमा धन्यवाद दिएका छन् ।
संंयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ-
‘नेपाल राष्ट्रको स्वाधीनतामाथि अमेरिकी साम्राज्यवादी हस्तक्षेप गर्ने ःऋऋ परियोजना र त्यसलाई नेपालको संसद्बाट पारित गराउने देउवा सरकार एवम् नेपाली दलाल तत्वहरूका विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आज आयोजना गरेको संसद् भवन घेर्ने आन्दोलनको कार्यक्रम ऐतिहासिक, जुझारु, भव्य र सानदार रूपमा सपन्न भएको छ । सङ्घर्षको कार्यक्रमलाई यो स्तरबाट सफल पार्न सशक्त रूपमा सहभागी हुने पार्टीका नेता, कार्यकर्ता, सङ्घ, सङ्गठन, अभियन्ताहरू र आमनेपाली जनसमुदायमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौँ ।’
‘राष्ट्रघाती MCC परियोजनालाई अमेरिकी जो बाइडन सरकारले तत्काल फिर्ता नलिए र देउवा सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोलनको घोषणा गर्ने चेतावनी पनि दिन चाहन्छौँ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
संयुक्त प्रेस वज्ञिप्तिको पूर्णपाठ-








