
नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलले २५ डिसेम्बर शनिबारका दिन संगठनको वार्षिक साधारण सभा सम्पन्न गर्न गैरहेको छ ।
सन् २००९ मा स्थापना भएको मोर्चाले नेपालको दलाल संसदीय ब्यवस्थाको कारण विश्वका विभिन्न मूलुकमा पुगेका नेपालीहरुको हकहित र नेपालमा संसदीय ब्यबस्थाको अन्त्य गरी वैज्ञानीक समाजवादको स्थापनाको संघर्षमा एेक्यबद्धता जाहेर गर्दै पोर्तुगलमा पनि नेपालीहरुका विविध खाले समस्यामा समाधानको लागि सशक्त भूमिका निर्वाह गर्दै आएको सर्वविदितै छ ।
मोर्चाको वार्षिक साधारण सभामा नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमूख क. कन्चनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संगठनको यस कार्यक्रममा विश्वभर संगठित मध्यपूर्व, मलेशिया, जापान, हंगकंग, भारत, अमेरिका र यूरोपभरका मोर्चाका पदाधिकारी प्रतिनिधिहरुलाई सहभागीताको लागि निमण्त्रणा गरिसकेको छ । त्यसै गरी पोर्तुगल स्थित राजनीतिक तथा सामाजिक संघ संस्थाहरुलाई सहभागीताको लागि निमन्त्रणा गरिएको संगठनका प्रतिनिधिले जनाएका छन ।
जनस्वास्थ्यको ख्याल गर्दै कार्यक्रम भर्चुवल माध्यम बाट सम्पन्न गरिने भएको छ । संगठनको नियमित कार्यक्रम अन्तर्गत आयोजना गरिएको ऊक्त कार्यक्रममा सम्पूर्ण संघ संगठनका प्रतिनिधी, शुभचिन्तक तथा आम नेपाली जनसमुदायलाई उपस्थित हुन आव्हान गरिएको छ।







