तीन बर्ष अगाडी पार्टीको सूचना चुहाएको आरोपमा नेकपाले कारवाही गरेका प्रभात चलाउने, बाबुराम भुसाल, सुदीप वर्देवालगायत पत्रकारहरु माकेमा प्रवेश गरेका छन् ।
शनिबार पेरिस डाँडामा उनीहरुलाई प्रचण्डले टिका लगाएर प्रवेश गराएका हुन् । उनीहरुले पार्टी विरुद्ध पत्रकार संगठनको नाममा कथित समानान्तर गतिविधि गर्दै आएका थिए ।

टीका लगाएर प्रवेश गर्नेमा प्रभात चलाउने, दिपेन्द्र रावल, समानन्तर कमिटीका तत्कालीन अध्यक्ष डिल्लीराज रावत, कार्यवाहक अध्यक्ष दिपबहादुर घर्ती, महासचिव बाबुराम भुषाल, तिलक अधिकारी, भौतिक मल्ल, सुदिप वर्देवा, करन वडाल रहेको बताइएको छ ।

उनीहरुलाई तत्कालीन मध्यकमाण्ड इन्चार्ज सुदर्शनले २०७५ भदौ २८ गते एक वक्तव्य जारी गरी संगठनको साधारण सदस्य समेत नरहने निस्कासन गरेका थिए । वक्तव्यमा उनीहरुलाई सांगठनिक अराजकता मच्चाएको, पार्टीको गोप्य सूचना चुहाएको, पार्टी र नेतृत्व विरुद्ध भ्रामक समाचार दिएको र सार्वजनिक रुपमा जिम्मेवार कमरेडहरुमाथि हातपात समेत गरेको उल्लेख गरिएको छ ।

यसअघि कतिपय पत्रकारहरु भने एमाले निकट प्रेस चौतारी प्रवेश गरेका थिए । पार्टी निणर्यका विरुद्ध  क्रान्तिकारी पत्रकार संगठन बनाएर पार्टी विरुद्ध अराजकता पुणर् ढंगले विद्रोह गरिरहेका संगठनका केन्द्रीय कोषाध्यक्ष नवराज ढकाल,समानान्तर कमिटीका केन्द्रीय सदस्य दाङका विदुर एमसी,सन्तोष गुप्ता लगायतका पत्रकारहरुले एमाले महासचिव शंकर पोख्रेलको हातबाट दाङमा टीका लगाएर एमाले प्रवेश गरेका थिए ।

क्रान्तिकारी पत्रकार संगठनको नाममा  समानान्तर कमिटी बनाएर  अध्यक्ष बनेका सल्यानका डिल्लीराज रावत यश अगाडि नै प्रचण्ड माओवादीमा प्रवेश गरेका छन । यस्तै चितवनका राज सापकोटा, काठमाडौंका शैलेस डङोल माओवादी केन्द्र प्रवेश गरेका छन् । सञ्चार माध्यम र सामाजिक सञ्जालमा विप्लव नेतृत्वको नेकपाका पत्रकारहरु माकेमा प्रवेश गरेको हल्ला चलाइएपनि सत्य नभएको संगठनका एकनेताले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार