
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मालेमावादको आलोकमा आफ्नो पार्टीले विश्व साम्राज्यवादसँग लडिरहेको बताएका छन् ।
माओको १२९ औं जन्मजयन्तीको अवसरमा एक प्रेस विज्ञेप्ती जारी गर्दै महासचिव विप्लवले माओकैं बाटो पकडेर आफुहरुले राष्टिय स्वाधिनताको आन्दोलन संचालन गरेको बताए ।
नेपालमा दक्षिणपन्थी संशोधनवाद प्रमुख समस्याको रुपमा रहेको बताउँदैं विप्लवले नेपालको वैज्ञानिक समाजवादी क्रान्ति एकीकृत जनक्रान्तिको बाटोबाट पूरा दाबी समेत गरेका छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनमा थुप्रै चुनौतीहरु रहेपनि त्यसलाई पार गरेर नेपाली क्रान्तिको सपना पूरा हुने बताएका छन् ।
महासचिव विप्लवको वक्तव्यमा अगाडि भनिएको छ-
‘यतिबेला हाम्रो देश उत्तरसाम्राज्यवाद, साम्राज्यवादको हस्तक्षेपमा परिरहेको छ र नेपाली जनताले समयमै सशक्त प्रतिरोध नगर्ने हो भने निकै लामो र ठूलो सङ्घर्षमा गुज्रिनुपर्ने बाध्यता आइलाग्न सक्नेछ । देशमा दलाल पुँजीवादीहरूको अत्याचार, भ्रष्टाचार, राष्ट्रघात छताछुल्ल भइरहेको छ । त्यसैगरी नेपाली कम्युनिस्ट आन्दोलनमा भयानक विचलनका समस्याहरू बढिरहेका छन् । यीबाट जनतामा चिन्ता देखिएको छ तर नेपालमा नेकपाको नेतृत्वमा दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवाद स्थापनाका लागि महान् एकीकृत जनक्रान्ति अगाडि बढिरहेको छ । जनक्रान्तिमा १२ जना कमरेडहरूको सहादत भएको छ भने सवा सयजना कमरेडहरू अहिले पनि जेलजीवन बिताइरहनुभएको छ । दर्जनौँ कमरेडहरू घाइते हुनुहुन्छ । हजारौँ मुद्दाहरू चलिरहेका छन् । यसले नेपाली जनतालाई आमूल परिवर्तन, वैज्ञानिक समाजवादप्रति उत्साहित र आशावादी बनाएको छ ।’
प्रेस विज्ञेप्तीको पूरा पाठ –








