
माओवादी केन्द्रको जारी महाधिवेशनमा प्रचण्डको राजनीतिक प्रतिवेदनमा भारतीय विस्तारवादवारे केही नबोलेपछि महाधिवेशन प्रतिनिधिहरुले गम्भीर प्रश्न उठाएका छन् ।
ढिलोगरी प्रतिवेदनमाथिको समूह छलफलका क्रममा प्रतिनिधिहरुले ‘भारतीय विस्तारवाद’बारे स्पष्ट रुपमा बोल्नुपर्ने माग गरेका हुन् ।
जारी आठौं महाधिवेशनमा प्रचण्डले पेश गरेको ‘२१औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्तावेजमा अमेरिकाबारे आलोचनात्मक दृष्टिकोण राखेका छन् । तर भारतबारे कुनै टिप्पणी गरेका छैनन् । बरु माओवादीले सशस्त्र संघर्ष शुरु गर्ने बेलादेखि एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को दस्तावेजमा समेत ‘अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद’ भन्ने गरिएको थियो ।
समुहगत छलफलमा रहेका प्राय समुहहरुले भारतीय विस्तारवादले नेपालको भूभागहरु अतिक्रमण जारी राखेको बेला पार्टी नेतृत्व मौन बन्नु अनौठो भएको भन्दैं यसबारे स्पष्ट पार्न नेतृत्वलाई दबाब दिएका छन् ।
‘भारतले नेपाललाई हेर्ने दृष्टिकोण बदलिएको छैन । सीमामा उसको ज्यादती जारी छ । अनि हामी भारतप्रति नरम भइदिनुपर्ने ?’ महाधिवेशन प्रतिनिधिहरुलेले प्रश्न गर्ने गरेका छन् । ती प्रतिनिधिले प्रचण्डलाई सुझाव दिन भन्दै टोली नेतालाई भनेका छन्, ‘सीमाबारे बोल्नुस्, लिम्पियाधुरा र लिपुलेकमा रहेको भारतीय सेना हटाउन पहल गर्ने भन्नुस् । चुच्चे नक्शा मेरै पहलमा प्रकाशित भएको प्रचण्डले भन्नुभएको हैन रु खोइ त अपनत्व लिएको ?’







