
नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनका प्रतिनिधिहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमा तत्कालीन जनयुद्धमा बेपत्ता भएका व्यक्तिहरूको सम्बोधन नभएको टिप्पणी गरेका छन् ।
समूहगत छलफलको निष्कर्षमा प्रदेश १ ले जनयुद्धकालीन मुद्दा खेपिरहेकाहरूका सन्दर्भमा प्रतिवेदन नबोलेको आरोप लगाएको हो ।
सो समूहका एक प्रतिनिधिले भने,“प्रतिवेदनमा सहिद, बेपत्ता घाइतेहरूको सम्बोधन भएन । कतिपयले जनयुद्धकालीन मुद्दा खेपिरहेका छन् । त्यसबारे उल्लेख भएन । बेपत्ताको खोजी भएन भन्ने विषय हाम्रो समूहबाट प्रस्तुत भएको छ ।”
जनयुद्धमा बेपत्ता भएकाबारे राजनीतिक प्रतिवेदनमा नराखिएपछि बोल्ने प्रतिनिधिहरुले आक्रोश व्यक्त गरेका हुन् ।
त्यस्तै प्रदेश १ ले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्नुपर्ने माग गरेको छ ।







