
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो बसाइका सम्बन्धमा निकै आलोचना भएको बताउँदै आफू झुपडीमा बस्न तयार रहेको बताएका छन् ।
जारी महाधिवेशनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएको एक सदस्यले जानकारी गराए ।
“मेरो बसाइका सम्बन्धमा निकै प्रश्न उठ्ने गरेको छ,” उनको भनाइ थियो, “म डेरा सर्न तयार छु । झुपडीमा बस्न म तयार छु ।”
उनले आफू काठमाडौं छाडेर गाउँ जाने सोचमा रहेको उल्लेख गर्दै केन्द्रीय सदस्यहरुलाई पनि त्यही मनस्थिति बनाउन आग्रह गरेका थिए ।







