
k|d¬ b]pjf Pdfn] cWoIf cf]nLaLr e]63f6
sf7df8f}F, @$ k’; M k|wfgdGqL z]/axfb’/ b]pjf g]kfn sDo’lgi6 kf6L{ -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL;Fu zlgaf/ afnsf]6df e]63f6 ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार बिहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए ।
भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गरेको बताए ।
भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन् ।
एमालेले कारवाही गरेका माधव नेपालसहित १४ संसदको कारवाही रोकेर अवैध रुपमा दल (नेकपा एस) दर्ता गरिएको प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको छ । माधव नेपालको कारवाही वैध हुनुपर्ने, सांसदको हैसियतमा संसदमा उपस्थित गराउन नहुने र कारवाही रोक्ने सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ ।
एमालेसँग सम्वाद गर्न यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए पनि माधव नेपाल सहभागी भएका कारण एमाले सहभागी भएन । त्यसैगरी सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएन ।







