
के चीनलाई पनि ‘ग्लोबल पावर’ बन्नका लागि अन्य देशमा हस्तक्षेप गर्नुपर्ने वा हतियार बेच्नुपर्ने बाध्यता आउन सक्छ ?
चीनको व्यापार अहिले मुख्य लडाकु ड्रोन निर्यात हो । उसले हतियार वा हाइट्रो जेटहरू निर्यात गरिरहेको छ । रसिया र चीनबीच सन् १९९१ मा एक सम्झौता भएको थियो । अहिले उनीहरू मिलेर सैन्य सामग्री उत्पादन गरिरहेका छन् । चीनसँग पैसा, स्रोत, साधन सबै छ र आइडिया रसियासँग छ । रसिया र चीनबीचको सम्बन्ध असाध्यै राम्रो छ । उनीहरूले सन् २०२४ भित्र एउटा इन्टरनेसनल स्पेस स्टेसन बनाउँदैछन् । रसियाले अमेरिकासँग छुटेर चीनसँग काम गर्दैछ । चीनले धेरै ट्रेड लिइसकेको छ ।
तथापि चीनको वैदेशिक प्रभाव दुई ठाउँमा मात्रै केन्द्रित छ । पाकिस्तानको तल्लो भागमा र अफ्रिकाको जिबुटी भन्ने ठाउँमा चीनका सेना बस्छन् । उसले तलतिरको हिन्द महासागरको भागलाई हेर्छ । तर, अमेरिकाको चाहिँ स–साना ८ सय ठाउँमा त्यस्ता सैन्य बेसक्याम्प छन् । यसले पनि सैनिकीकरणमा तुलना गर्नै सकिन्न ।

के हतियारले मात्रै ग्लोबल पावर बनाउने हो ?
अहिले परम्परागत युद्धहरु अन्त्य हुँदै गएका छन् । यूएभीले टनका टन न्युक्लियर बम यहाँबाट एकैचोटि न्युयोर्क हानेर फर्किन सक्छ । प्रविधिको विकास यस्तो छ । त्यसैले अमेरिकाका ८ सयवटा बेस हुँदैमा ऊ शक्तिशाली भन्ने हुँदैन । किनभने, अहिले युद्धको पर्यावरण पूरै परिवर्तन भएको छ । एउटा कोठाभित्र बसेर एउटा रोबर्टका माध्यमले पूरै युद्ध गर्न सकिन्छ ।
अर्को, आर्टिफिसियल इन्टििलिजेन्ट (एआई) भन्छ, जुन रोबर्टले गर्छ । रोबर्टको विकास गर्न पनि अहिले अमेरिका र चीन दुवै अगाडि छन् । अब पहिलेको जस्तो सैनिक सडकमा आएर लडाइँ गर्न सकिने अवस्था छैन, सबै रोबर्टले गर्छ । यो प्रतिस्पर्धा संसारभरि चलेको छ । किनभने, सम्पूर्ण युद्ध नै रोबर्टले गरिदिने भइसकेको छ ।
तेस्रो कुरा के आएको छ भने तपाईंं हामीले देख्छौँ नि, ५.५, ६.६२ क्यालिबर राउन्डको हतियार, अब त्यो छैन । लेजर गनको विकास भइरहेको छ । लेजर गनमा आवाज पनि आउँदैन र जतिसुकै टाढा हान्न सकिन्छ । यसमा ठूलो लगानी भइराखेको छ । अबको ५–१० वर्षको समयमा यो संसारको पर्यावरण पूरै परिवर्तन हुँदैछ ।
चीनमा आन्तरिक सङ्कट हेर्दा मुस्लिम, तिब्बत, ताइवान र साउथ चाइनामा केही देखिन्छ । अहिले सबैभन्दा धेरै सुनिएको साउथ चाइना सी (समुद्र) चाहिँ चीनका लागि अत्यन्त महत्त्वपूर्ण छ । चीनको ७० प्रतिशत निर्यात वस्तु साउथ चाइनाको बाटो हुँदै जान्छ । अरू पश्चिमाहरूले चीनलाई घेर्न खोजिरहेका छन् । चीनलाई घेर्नका लागि सन् २०११ मा बाराक ओबामाको प्रशासनले साउथ चाइना रणनीतिबारे एउटा सम्झौता गरे ।
हिजोका दिनमा फाइटर जेट उडाएर, न्युक्लियर फाइटरले बोकेर ल्याएर झारेर र राउन्ड हानेर लडाइँ हुन्थ्यो । त्यो केही पनि चाहिँदैन । यसरी एड्भान्स भएको छ । अस्ति भर्खरै चीनले हाइपरसोनिक न्युक्लियर परीक्षण गरेको थियो । अलि पहिले अस्ट्रेलियाले पनि गरेको थियो । अब खालि विदेश नीतिमा चीन कसरी जान्छ भन्ने हो ।
बेलायतबाट हालैं राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका विश्वासदीप तिगेलाले ‘ग्लोबल पावर पोलिटिक्स’को अध्ययन पूरा गरेका छन् । यही क्रममा उनले वर्तमान विश्वशक्ति अमेरिकालाई चीनले प्रतिस्थापित गर्न सक्छ कि सक्दैन भन्नेबारे अनुसन्धान गरे । उनको सो अनुसन्धानमा केन्द्रीत भएर रातोपाटीले गरेको कुराकानीको सानो अंश ।







