
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशसन (एमसीसी) संसदबाट पारित गर्ने लिखित प्रतिवद्धता गरेको खुलासा भएको छ ।
प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसी बोर्डलाई पत्र लेखेर संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएको खुलासा भएको हो । देउवा र प्रचण्डले सेप्टेम्बर २९ अर्थात् असोज १३ गते एमसीसी बोर्डलाई पठाएको पत्र पहिलोपटक अनलाइनखबरमार्फत् खुलासा गरिएको छ ।
एमसीसी बोर्ड अध्यक्षलाई सम्बोधन गरेर पठाइएको संयुक्त पत्रमा एमसीसी संसदबाट अनुमोदन गर्ने दुबै नेताले प्रतिवद्धता जनाउँदै चार-पाँच महिनाको समय मागेका थिए ।
‘हामी प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त रुपमा एमसीसी सम्झौता संसदबाट पारित गर्न थप समय उपलब्ध गराउन एमसीसी बोर्डलाई आग्रह गर्दछौं,’ दुबै नेताद्वारा हस्ताक्षरित संयुक्त पत्रमा भनिएको छ ।
लामो समय गोप्य राखिएको उक्त पत्र करिव चार महिनापछि खुलासा गरिएको । एमसीसी बोर्डलाई पत्र लेख्दै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी संसदबाट अनुमोदनका लागि समय मागेका छन् ।
पत्रमा उनीहरुले एमसीसी बोर्ड उपाध्यक्ष फातिमा जी सुमारसँग नेपालमा छलफल भएको उल्लेख गर्दै एमसीसी संसदबाट अनुमोदन गराउने प्रतिवद्धता जनाएका थिए ।
यति लामो समय संसदबाट पारित हुने संभावना नभएपछि अमेरिकाले नैं प्रचण्डलाई आफुहरुसँग गरिएको सहमतिलाई पर्दाफास गरिदिएको हुन सक्ने विश्लेषण गरिएको छ ।









