
एमसीसी परियोजना पारित गर्ने षडयन्त्र भएपछि त्यसका विरुद्ध विप्लव नेतृत्वको नेकपासहित ६ पार्टीले आन्दोलनको घोषणा गरेका छन् ।
यही माघ २३ गते काठमाडौंमा बसेको बैंठकले माघ २५ र २६ गते ६ पार्टीले देशभर एमसीसी परियोजनाविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रमअन्तर्गत माघ २५ गते ६ पार्टीले देशभर कोणसभा र माघ २६ गते उपत्यकामा संसद भवन घेराउ समेत गर्ने कार्यक्रम रहेको छ ।
उपत्यकामा संसद भवन घेराउ गर्ने रहेको छ भने त्यही दिन देशभरका सदरमुकाममा संयुक्त विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।
सरकारले संसदबाट एमसीसी पारित गर्ने षडयन्त्र गरेपछि विप्लव नेकपासहित ६ पार्टीले यस्तो कडा आन्दोलन गर्न थालेका हुन् ।








