नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी अध्यक्ष प्रचण्डले एमसीसीलाई गरेको पत्राचार कूटनीतिक मर्यादा विपरित भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन)का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले यस्तो बताएका हुन् ।

‘तत्काल एमसीसी पास हुन सक्ने अवस्था नभएकाले समय थप्नका लागि हुने पत्राचारलाई अन्यथा मान्नुहुँदैन । तर जुन प्रक्रिया र विधिबाट पत्राचार गरियो, त्यसमा कूटनीतिक मर्यादा मिलेन भन्ने देखिन्छ’ उनले भने, ‘त्यसैले यसमा अनेक बहस र टिकाटिप्पणी भयो । यो आगामी दिनमा शिक्षा लिने विषय हो ।’

तत्काल सदनमा एमसीसी पेस गर्ने वैधानिक आधार नभएको उनको दाबी छ । गुरुङले थपे, “एमसीसीका कतिपय प्रावधान राष्ट्रिय हित प्रतिकूल छन् । यसलाई राष्ट्रिय सहमतिका साथ संशोधनको पहल गर्नुपर्छ । विशुद्ध आर्थिक परियोजनामा रुपान्तरित नहुँदासम्म, पपुलर म्यान्डेट नलिँदासम्म यसलाई सदनमा पेस गर्ने वैधानिक आधार छैन ।”

नेता गुरुङले स्थानीय तहको निर्वाचनको मिति घोषणा विमतिको विषय नभए पनि संविधान र कानुन बाझिएको कुरा विचार नगरिएको आरोप पनि लगाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार