
अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै विप्लव नेतृत्वको नेकपासहितका ६ राजनीतिक पार्टीहरुले आज काठमाडौंमा प्रदर्शन गर्दै छन् ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरूले आज दिउँसो दुई बजे नयाँ बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गर्न लागेका हुन् ।
दिउँसो १२ बजे माइतीघर मण्डलामा केन्द्रित भएर र्यालीसहित नयाँबानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्ने योजना छ ।
विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीलगायत पार्टीले संयुक्त रुपमा विरोधका कार्यक्रम तय गरेका हुन् ।
६ पार्टीले यसअघि नैं एमसीसीको विरोधमा मंगलबार देशभर कोणसभा गरेका थिए ।







