विप्लव नेतृत्वको नेकपासहित ६ पार्टीले एमसीसीविरुद्ध काठमाडौँ लगायत देशभर विरोध  प्रदर्शन गरेका छन् । काठमाडौँमा उनीहरुले एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै संसदबाट अनुमोदन नगर्न खबरदारी गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनका सहभागीले एमसीसी सम्झौता अनुमोदन हुन नहुने आशयका विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए ।

काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनपछि कोणसभा आयोजना गरिएको थियो । कोणसभामा बोल्ने राजनीतिक दलका नेताहरुले एमसीसी संसदबाट पारित गरे कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार