नेपाली जनप्रगतिशील मोर्चा यूरोपको आयोजनामा २७औ जनयुद्ध दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

मोर्चाले आफ्नो स्थापनाकाल देखि नै नेपालको क्रान्तिकारी आन्दोलनलाई ऐक्यवद्धता जाहेर गदै आइरहेको छ । उक्त कार्यक्रममा युरोपमा कृयाशिल नेपाली वैचारिक संगठनका यूरोप स्तरीय नेताहरुले शुभकामना व्यक्त गरेक थिए।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले नेपाली जनयुद्धको उपलव्धीहरुलाई सचेत रुपमा न्युनिकरण गर्ने प्रयास भइरहेको छ त्यो हमाीलाई मान्य छैन । हाम्रो पार्टी जनयुद्धको उद्धेश्य प्रति दृढ हुंदै नेपालको दलाल तथा संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नको लागि निरन्तर क्रान्तिको मार्गमा छ । तपाइहरु जहां भएपनि जनताको मुक्तिको लागि संघर्ष गर्नुस्, देश सम्पन्न भएपछि मात्र तपाईहरु जस्ता सबै युवाले देशमा नै अवसर पाउने छन् ।

उक्त कार्यक्रममा, प्रगतिशील नेपाली समाज युरोपका संयोजक दीपेन्द्र गहतराज, प्रवासी नेपाली एकता समाजका प्रतिनिधी निराजन सुबेदी, नेपाली जन संपर्क समिती युरोपका महामन्त्री गंगाधर गौतम, प्रवासी नेपाली मन्च युरोपका अध्यक्ष गोविन्द पौडेल, नेपाली जनप्रगतिशील मन्च युरोपका प्रतिनिधी तथा शहिद परिवारका सदस्य उदय गौतम, नेपाली जनप्रगतिशील मोर्चा मध्यपुर्व अधिवेशन आयोजक समितिका संयोजक रमेश गिरी, कम्यनिष्ट पार्टी इटाली माओवादीका प्रतिनिधीले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा शहिद परिवारका सदस्यहरु टीकाराम ओली, राजकुमार घमाल, उदय गौतमलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेशनल डेमोक्रेटिक फ्रन्ट फिलिपिन र पोर्चुगीज वर्कस कम्युनिष्ट पार्टीवाट शुभकामना सन्देस सहित पत्र प्राप्त भएको थियो । नेपाली जनप्रगतिशील मोर्चाका विभिन्न देशका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा वाक्लो उपस्थितीमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता मोर्चाका अध्यक्ष विष्णु भुजेलले गरेका थिए । कार्यक्रमको सन्चालन मोर्चाका महासचिव शुवर्णबाबु सापकोटाले गर्नु भएको थियो भने उपस्थित सम्पुर्णलाई मोर्चाका उपाध्यक्ष वदन योङ्हाङले स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको शुरुवातमा जनयुद्ध, एकिकृत जनक्रान्ति लगायतका महान शहिदहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै वेपत्ता तथा घाइते साथीहरु र उहांहरुको परिवारप्रति हार्दिक सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार