भोलिको नेपालबन्दको पूर्व सन्ध्यामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले एमसीसीको विरोधमा मसाल जुलुस निकालेको छ।

मंगलबार बेलुका काठमाडौँमा विभिन्न स्थानमा मसाल जुलुस निकालिएको हो। अखिल क्रान्तिकारीले बागबजारदेखि पुतलीसडकसम्म मसाल जुलुस निकालेको थियो।

विप्लव नेकपा निकट विद्यार्थी, मजदूर, युवालगायतले राजधानीको बागबजार, बालाजु, गोंगबु, कोटेश्वरलगायतका क्षेत्रबाट मसाल जुलुस निकालेका हुन्।

विप्लव नेतृत्वको नेकपासँगै नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसीविरुद्ध विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार