विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट दलहरूले आह्वान गरेको नेपालबन्दकाे प्रभाव देशभर परेको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा एमसिसी पेश हुने संभावना बढेसंगै ती दलले एमसीसीकै विरोधमा नेपाल बन्दको आह्वान गरेका हुन्।

बन्दले जनजीवन पूर्ण रुपले प्रभावित भएको प्रहरी प्रशासनले बताएको छ । बन्दका कारण लामो रुटका  सवारी साधन, स्कुल, कलेज, पसलहरु बन्द छन् ।

बन्दमा कुनै प्रकारको अप्रिय घटना नहोस् भनेर सडकमा प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ। बिहान ४ बजेदेखि नै सडकमा प्रहरी तैनाथ छन्।

गृह मन्त्रालयले पनि मंगलबार साँझ सबै जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयहरूलाई बन्द निस्तेज पार्न सर्कुलर जारी गरेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार