अमेरिकी अनुदान परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा सत्ता गठबन्धनका पाँच दलमा नेपाली कांग्रेस एक्लिएको छ।

गठबन्धनमा रहेका अन्य चार दलले एमसीसीलाई तत्काल संसदमा पेस गर्ने कांग्रेसको प्रस्ताव अस्वीकार गरेका छन्।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले यथावस्थामा एमसीसी टेबल गर्न नसकिने अडान प्रष्ट्याएका छन्। राष्ट्रिय जनमोर्चा एमसीसी खारेज गर्नुपर्ने अडानमा कायमै छ।

गठबन्धनका चार दल तत्कालका लागि एमसीसीको विपक्षमा उभिएपछि अनुमोदनको पक्षमा कांग्रेस एक्लै परेको हो।

गठबन्धनमै एक्लै परेपछि बुधबार संसदमा एमसीसी टेबल गर्ने कांग्रेसको योजना असफल भएको छ।

अब दुई दिन गठबन्धनमै छलफल गरेर एमसीसीलाई के गर्ने निर्णय गर्ने पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छन्।

उनले प्रचण्डसँग भएको भेटमा दुई दिन कुर्ने बताएका हुन्। फागुन ५ गते दिउँसो ३ बजे सत्तारुढ दलको शीर्ष नेताहरुको बैठक बोलाइएको छ।

कांग्रेसका एक नेताको शब्दमा त्यो बैठक अन्तिम तथा ‘निर्णायक’ हुनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार