एमसीसीलाई लिएर नेकपा (एकीकृत समाजवादी) पार्टी विभाजन हुने भएको छ । एमसीसीको पक्षमा मतदान गर्ने कि नगर्ने भनेर पार्टीले आधिकारिक रुपमा निर्णय नगरिसकेको अवस्थामा पार्टी विभाजनको मुखमा पुगेको हो । उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एमसीसीको पक्षमा बोल्न थालेपछि विवाद सुरु भएको हो ।

खासगरी शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्यमन्त्री विरोध खतिवडाले एमसीसी पास गरेर जानुपर्नेमा जोड दिएका छन् । एमसीसी टेबुल हुनुभन्दा अघि पनि मन्त्रीहरुबीच छुट्टै छलफल र भेटवार्ता भएका थिए । उक्त छलफलमा मन्त्रीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई कि सरकार छोड्नुपर्यो कि एमसीसीको पक्षमा उभिनुपर्यो भनेर विकल्प दिएका थिए ।

पार्टीका शीर्ष नेताहरु एमसीसीको विपक्षमा उभिएका छन् । यसले माधव नेपाल अप्ठ्यारोमा छन् । एमसीसी प्रतिनिधिसभामा पेश भैसकेको छ । आज संसद्को बैठक बदैछ । एमसीसीलाई लिएर नेकपा (एकीकृत समाजवादी) भित्र ठूलो विवाद सुरु भएको छ । स्रोतकाअनुसार एमसीसीको पक्षमा पार्टीले ह्वीप नलगाउने बुझिएको छ ।

यदि पार्टीले ह्वीप लगाउने भयो भने पनि एमसीसीको पक्षमा १० जना सांसद उभ्याउने आश्वासन मन्त्री आलेले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दिएका छन्। प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बेलामा पनि आलेले ८ जना सांसद उभ्याएका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार