
रसियाली सेनाले शनिबार युक्रेनी सहरहरूमा एकत्रित रुपमै क्षेप्यास्त्र र तोपखाना आक्रमणहरू जारी राखेका छन् ।
क्षेप्यास्त्र, बन्दुकको गोली, विस्फोट र साइरनहरू राजधानी वरिपरि गुन्जिएका छन् । लडाई शुरु भएको तेस्रो दिन शहर रूसी आक्रमणमा परेको छ । मस्कोको सेनाले युक्रेनमा उनीहरूको आक्रमणलाई दबाब दिइरहेको छ । युक्रेन सेनालाई आत्मसमर्पण गर्न भनिरहेको छ ।
फ्रान्स २४ न्युजका अनुसार खार्किभ सहरको केन्द्रबाट करिब १० किलोमिटर उत्तरमा युक्रेनी सेनाले रुसी सेनालाई पछाडि धकेल्ने प्रयास गरेको छ । युक्रेनीहरू हालसम्मका लागि आफ्नो स्थानमा कायम रहेका छन् तर कमाण्डरका अनुसार लडाई तीव्र छ ।
युक्रेनी सेनाले रातको समयमा कीभमा रूसी आक्रमणलाई अस्वीकार गरेको बताएपछि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शहरको केन्द्रमा एक सेल्फी(शैलीको भिडियो खिचेका थिए । भिडियोमा उनले त्यहाँ रहेर लड्ने वाचा गरेको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।
युरोन्युजका अनुसार रुसको सेनाले दक्षिणपूर्वी युक्रेनी सहर मेलिटोपोल कब्जा गरेको दाबी गरेको छ ।
शनिबार युक्रेनी शहरहरूमा रूसद्धारा ठूल्ठूला मिसाइल आक्रमणपछि रुसी सेनाले अबको केही समयभित्र राजधानी कीभ नियन्त्रणमा लिने बताइएको छ ।
यसैबीच रुसले आक्रमण गरेको तेस्रो दिन युक्रेनका राष्ट्रपति भालोदिमोर जेलेन्सकी राजधानी किभ छाडेर भागेको रुसी सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।







