नेपालबन्दका क्रममा देशभरबाट कयौं आन्दोलनकारी नेता कार्यकर्ताहरु गिरफ्तार भएका छन् ।

रूपन्देहीमा एमसिसी संझौता विरुद्धको ६ दल र २ मोर्चाद्वारा पूर्व निधारित कार्यक्रम नेपाल बन्दलाई प्रभावकारी बनाउनका लागि शान्तिर्पुण तरिकाले बन्द गराउदै हिडेका बन्दकर्तालाई प्रहरीले व्यापक दमन गरि गिरफ्तार गरेको छ ।

बन्दकर्ताहरुलाई बुटवलको नयाँ बसपार्कबाट गिरफ्तार गरेको हो । गिरफ्तार पर्नेहरुमा नेकपा (क्रान्तीकारी माओवादी) पोलिटब्यूरो सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज प्रेम सुबेदी, दर्शन गुरुङ्ग, नेकपा मसालका नेता चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका बासुदेव पोख्रेल, लाल प्रसाद पोख्रेल रहेका छन् ।

त्यसैगरी नेकपाका बुटवल नगर सेक्रेटरी विरेन्द्र वि क, नेताहरु खोमा तरामु, अखिल (क्रान्तीकारी) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष इन्दु वली, पारस राहादी, खगेन्द्र पौडेल, सरिता बराहा, श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष जानुका बराहा, माधव न्यौपाने, साया सापकोटा, अशोक सुनार, शेर बहादुर महर्जन, बसन्ती रेग्मी हुन् ।

यसैगरी नेकपा सिन्धुलीका सेक्रेटरी गोपाल ब्लोन, विशेष समिति सदस्य शशी राई, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य भरत बुर्जासहित ११ जनालाई प्रहरीले आज बिहान साढे सात बजे सिन्धुलीमाडीबाट गिरफ्तार गरेको छ ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं जिल्ला सचिवालय सदस्य तथा काठमाडौं महानगर समितिका इन्चार्ज अविरल चन्द र नेवा मुक्तिमोर्चाका काठमाडौं जिल्ला अध्यक्ष दिपक मानन्धरलाई सोह्रखुट्टेबाट प्रहरीले गिरफ्तार गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार