माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नैं पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई पार्टी छोडेर जान चुनौती दिएका छन् ।

सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष प्रचण्डले वरिष्ठ नेता श्रेष्ठतिर लक्षित गर्दै वामदेव जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणी गरे।

उनले नारायणकाजीतिर लक्षित गर्दै एमसीसीलाई लिएर धेरै भावुक नहुन भनेका छन्। दाहालले भारतसँग भएको महाकाली सन्धिलाई स्मरण गर्दै त्यसबेला एमालेका नेता वामदेव गौतमले जस्तो बाटो रोजेमा रोक्न नसक्ने पनि उल्लेख गरे। उनले घुमाउरो भाषामा असन्तुष्टि पार्टी बाहिरै पोखेको भन्दै पार्टी छाडेर गए पनि नरोक्ने बताएका हुन्।

१२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गरेपछि नारायणकाजीले आइतवार साँझ नै नारायणकाजीले तीव्र असन्तुष्टि जनाएका छन्।

‘नारायणकाजीलाई यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैंतिर आउँछ, केन्द्रित हुन्छन् भन्ने परेको हो’, प्रचण्डले भने, ‘जनता ह्वार्र मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिक रुपमै बोलिदिनु भएछ।’

प्रचण्डले एमसीसीको विरोध गरेकै भरमा नेपाल मजदुर किसान पार्टी देशकै ठूलो भइसक्ने भन्दै नारायणकाजीतिर कटाक्ष गरे।

‘प्रेम सुवालले एमसीसीविरुद्ध मुर्दावादका मुर्दावाद गरेका छन्। उनकै पछि सारा नेपाल लाग्नुपर्ने नि, तर त्यस्तो हुँदैन। एमसीसीको विरोध गरेकै भरमा ठूलो पार्टी हुने भए, भोट आउने भए नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालसँगै सबै लाग्ने थिए। तर त्यस्तो हुँदैन राजनीतिमा।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार