नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले एमसीसीका कारण असन्तुष्ट नेताहरुलाई पार्टी छाड्न चेतावनी दिएका छन् ।

हिजोमात्र प्रचण्डले नारायणकाजी श्रेष्ठलाई पार्टी छाड्न दिएको चेतावनीपछि रेडियो नेटवर्कसँगको कुराकानीमा बस्नेताले यस्तो चेतावनी दिएका हुन् ।

“एमसीसी संसद्बाट अनुमोदन नभएको भए शान्तिप्रक्रिया, लोकतन्त्र, संधिानको रक्षाका साथै जनताको समृद्धिको जनआंकाक्षामा नराकात्मक प्रभाव पर्न सक्थ्यो । मुलुकलाई त्यो दुर्घटनाबाट बचाउन हामी व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्न तयार भयौं ।” उनले भने, ”एमसीसी प्रकरणमा नारायणकाजी श्रेष्ठलगायतका केही साथीहरुको फरक मत छ । यसै आधारमा पार्टीबाट अलग हुन्छु भन्नुको अर्थ छैन । कसैले गरिहालेमा त्यो स्वतन्त्रता छ ।”

पार्टीले भन्दै आएको कुरा लागू भएकाले कसैले मिडियाबाजी गर्नु आवश्यक नभएको पनि नेता बस्नेतको टिप्पणी छ । उनले थपे, “तर एमसीसीका सवालमा पार्टीले भन्दै आएको कुरा लागू भएको छ । एमसीसी यथास्थितिमै पारित भएको होइन । पार्टीले भनेजस्तै यो आर्थिक प्याकेज हो भनेर व्याख्यात्मक घोषणा भएको स्थितिमा किन मिडियाबाजी गर्ने ? किन सडकमा आउने ?”

माओवादीमा जस्ताको तस्तै एमसीसी अनुमोदन गर्न नहुने मत भए पनि खारेज गर्ने कुरा कसैले नगरेको पनि उनले बताए । बस्नेतले भने, “मैले भनिसकें, नारायणकाजी श्रेष्ठलगायतका केही साथीहरुको यसमा फरक बुझाइ रह्यो । तर देव गुरुङलगायतका साथीहरुको यसमा सहयोग नै छ । पार्टीले निर्णय गरिसकेको कुरा सबैले मान्नुपर्ने हुन्छ ।”

व्याख्यात्म घोषणा गर्ने कुरा नेकपाकालमै पार्टी अध्यक्ष पुष्पकमल दाहालले ल्याइसकेको पनि उनले बताए । एमसीसी अनुमोदन राष्ट्रिय आत्मसमर्पण हुन्छ भन्नु अतिवाद भएको उनले आरोप लगाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार