
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी पारित गरेर दीपावली गर्न आउनेहरुलाई गाउँ-गाउँबाट भाँटाले लखेट्नु पर्ने बताएका छन् ।
६ पार्टीको आज बुधबार काठमाडौंमा चरणबद्ध आन्दोलनको घोषणा गर्दै आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले राष्ट्रघाती दलालहरुलाई सबैतिरबाट लखेट्नु पर्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले नेपाली कांग्रेसका युवा नेता गगन थापालाई नयाँ (युवा) दलालको संज्ञा दिए ।
नेपालका पुराना दलालहरुलाई भन्दा नयाँ दलालहरुलाई अमेरिकाले महत्व दिएको उनको दाबी थियो ।
पत्रकार सम्मेलनमा ६ पार्टीका नेताहरुले पनि आ-आफ्नो धारणा राखेका थिए ।








