विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), ऋषि कट्टेलको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र समाजवादी)लगायत ६ पार्टीका शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने भएका छन् ।

फागुन २० गते हुने विरोध कार्यक्रमको अध्यक्षता क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले गर्नेछन् । सो कार्यक्रमको संचालन नेपाल कम्युनिस्ट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गर्ने छन् ।

सो विरोधसभालाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुति, नेकपा (माओवादी केन्द्र समाजवादी)का कर्णजीत बुढाथोकी लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

६ पार्टीसम्वद्ध एक नेताकाअनुसार अनुसार नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल, नेकपा (एमाले)का नेता भीम रावल, नेकपा (माओवादी केन्द्र)का बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छे रोहितलाई कार्यक्रममा निम्तो गरिएको छ ।

सो विरोधसभा सुरु हुनुअघि उपत्यकाका त्रिपुरेश्वर, माइतीघर मण्डला र दरबारमार्गबाट १ बजे ¥याली निकालिने र ¥याली रत्नपार्कस्थित सहिद मञ्चमा पुगेपछि २ बजे सभाको सुरुवात हुने पनि सम्बद्ध पार्टीले जनाएको छ ।

विरोधसभामा सामना साँस्कृतिक परिवार लगायतका कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गर्ने छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार