कार्यविभाजन र पदाधिकारी चयन गर्नका लागि बसेको नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समितिको बैठकमा अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदनमा पार्टी संलग्न भएपछि मतभेदकै कारण छलफल हुन सकेको छैन ।

गत आइतबार संसदबाट एमसीसी अनुमोदन भएपछि माओवादीमा देखिएको विवादले दोस्रो केन्द्रीय समितिको बैठकमा पदाधिकारी चयन तथा कार्यविभाजनले प्रवेश भएको छ ।

एमसीसीको विवाद चर्किएको बेला केन्द्रीय समितिको बैठक आइतबार पनि बस्दैछ । शनिबारको कार्यालयको विस्तारित बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीति दुघर्टटनातिर जान लागेको आफू फेरि एक पटक दक्षिणपन्थी भइदिँदा मुलुकको राजनीति दुघर्टनाबाट जोगिने हुँदा एमसीसी पास गर्नुपरेको कारण बताएर बैठकलाई हँसाएका थिए ।

आइतबारको केन्द्रीय समितिको बैठक शुक्रबारदेखि बसेको केन्द्रीय समितिको बैठकको निरन्तरतास्वरूप बस्नेछ । तर त्यसअघि शनिबार प्रचण्डले पूर्व स्थायी कमिटीका सदस्यहरुसँग गठबन्धन जोगाउन र माधवकुमार नेपालको पार्टीलाई स्थिरता दिनकै लागि भए पनि एमसीसी पास गर्नु पर्ने अवस्था आएको बताएका थिए ।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ निकट निकट रहेका केही नेताहरुले पदाधिकारीमा आकांक्षी छन् । तर श्रेष्ठले एमसीसीकै कारण पार्टीबाट बाहिरिन पनि खोजेका पार्टी अध्यक्ष प्रचण्डले उनको मागलाई सम्बोधन गरेर जाने बताइएको छ । ‘फुटबाट कहीँ पुगिँदैन भन्ने नेताहरुलाई राम्रोसँग थाहा छ त्यसरकारण पार्टी विभाजन हुने कल्पना पनि छैन’, प्रचण्ड निकट रहेका एक नेताले भने ‘केही विषयहरुलाई पार्टी अध्यक्षले स्पष्ट पारिसक्नु भएको छ ।’

पूर्व जनमोर्चा समूहबाट माओवादीमा प्रवेश गरेको श्रेष्ठ समूहले एमसीसीको विरोध गर्दै आएको छ । संसदमा समेत पार्टीको ह्विप उल्लंघन गरेको थियो । अहिले त्यही समूह बाहिरिन खोज्दा माओवादी अध्यक्षसमेत अप्ठेरोमा परेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार