
एमसीसी र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा विभिन्न क्षेत्रका बुद्धिजीवी र विज्ञहरुले आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा विभिन्न विषयका विज्ञहरुले एमसीसी र राष्ट्रिय स्वाधीनताका विषयमा प्रकाश पारेका थिए । पूर्व गभर्नर एवं अर्थ तथा योजनाविद् दीपेन्द्र क्षेत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै “एमसीसीकाे सहयाेग दान चेतावनीपूर्ण रहेकाे बताएका छन् । याे नेपालकाे संविधानभन्दा माथि रहेको छ । एमसीसी पारित नहुँदै कार्यान्वयन भयाे । एमसीएका पदाधिकारीले नेपालकाे हित हेर्न नसक्ने पनि उनले बताए ।”
कानूनविद प्रा.डा. युवराज संग्राैलाले कार्यक्रममा बोल्दै एमसीसी देशकाे स्वामित्वमा रहेन, यो भ्रष्टाचार गरेर खाने परियाेजना भएको बताए । एमसीसीलाई सार्वभौम संसदमा छलफल गरिएन । एमसीसी पास हुनुमा ३ शीर्ष नेताकाे दोस छ । हामीले जसलाई नेता बनाइयाे त्यसकाे माक्सवादी दृष्टिकोण देखिएन । कम्युनिष्ट क्रान्तकारी र लोकतान्त्रिकवादीहरु राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताका विषयमा एकपछि अर्को धरासयी हुँदै गएको पनि उनले बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै जलस्रोत विज्ञ रत्नशंकर श्रेष्ठले भने-ं महाकाली सन्धीदेखि एमसीसीसम्म आइपुग्दा कम्युनिष्टहरुले गल्ती गरेको, संसदलाई रबर स्ट्याम्प बनाइयो, नेपालले असंलग्न परराष्ट्र नीतिको धज्जी उडाउँदै हिन्द प्रशान्त रणनीति (आइपीएस) मा सामेल भएको जनाए ।’
बरिष्ठ अधिवक्ता एकराज भण्डारीले एमसीसी कम्युनिष्ट आन्दोलनलाई दबाउन आएको परियोजना भएको र यो आइपीएससँग सम्बन्धित छ । उनले भने- अनुदानका सहयोगमा भ्रष्टाचार र दुरुपयोग बढेको पाइन्छ , शासकहरुसँग बल बाहेक केही नभएकाे समेत बताए ।
त्यस्तै राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च नेपालका अध्यक्ष हुकुमबहादुर सिंहले कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसीको सम्बन्धमा जनतामा ज्वाला उठेको छ, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तार बिरुद्ध नेपाली जनता उठ्नुपर्छ, जबसम्म संसदीय व्यवस्था रहिरहन्छ तबसम्म यस्तो समस्या आइरहन्छन् त्यसकारण जनवाद हुँदै वैज्ञानिक समाजवादको दिशामा देशलाई लैजानुकाे विकल्प नरहेको बताए ।
कार्यक्रमको आयोजना नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च नेपाल, अखिल नेपाल बुद्धिजीवी संघ,अखिल नेपाल बुद्धिजीवी युनियन, समाजवादी बौद्धिक शिविर र माओवादी समाजवादी बुद्धिजीवी संगठन नेपालले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रमको अध्यक्षता श्रीधर गौतमले गरेका थिए भने कार्यक्रममा भक्तकुमारी घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन। कार्यक्रमको सञ्चालन समाजवादी बौद्धिक शिविरकी सदस्यीय यमकुमारी ददेलले गरेकी थिइन् । कार्यक्रम कमलादीस्थित,काठमाडौं प्रज्ञा प्रतिष्ठानमा भएको थियो ।







