सत्ता साझेदार नेकपा माओवादी केन्द्रको प्रस्तावित केन्द्रीय सदस्यको नाममा गम्भीर विवाद भएको छ।

सोमबार अनुपम फुडल्यान्डमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावमा गरेको ९७ जनाको नाममा गम्भीर विवाद भएपछि ५२ जनाको मात्रै नाम थपिएको छ।

बाँकी ४७ जनाको भने थप गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ। यदि त्यसमा पनि सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुंग्याउने तयारी माओवादीले गरेको छ।

प्रचण्डले आफ्ना छोरी ज्वाइँसहित ९७ जनाको नाम केन्द्रीय सदस्यका लागि बैठकमा प्रस्ताव गरेका थिए।

‘संगठनात्मक प्रस्तावबारे पार्टीभित्र गम्भीर ढंगले कुरा उठ्यो, विवाद भयो’, एक केन्द्रीय सदस्यले भने, ‘प्रस्तावित नाममा गम्भीर विवाद भएपछि ५२ जनाको मात्रै नाममा सहमति जुटेको छ।’

बैठकमा शशी श्रेष्ठ, नरबहादुर विष्ट, ओम शर्मा, सुदन किराती र रामदीप आचार्यसहित २० जना नेताहरुले प्रस्तावित नाममा असहमति राख्दै बोलेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार