अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएलगत्तै चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल भ्रमणमा आउने भएका छन्।

संसदबाट एमसीसी सम्झौता पास भएलगत्तै, एक साता अघि चिनियाँ पक्षले विदेशमन्त्री वाङ चैत दोस्रो साता नेपाल आउनसक्ने जानकारी गराएको हो।

नेपालमा विद्युत प्रशारण लाइन र सडक निर्माणका लागि अमेरिकाले दिने करिब ६० अर्बको अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउन अमेरिकाले दिँदै आएको दबाबप्रति बेइजिङले खुला रुपमै असन्तुष्टि जनाएको थियो।

चीनले आफ्नो सुरक्षा चासो समेत दर्शाउँदै नेपालका राजनीतिक दलहरूलाई एमसीसी सम्झौता अनुमोदन नगर्न पनि दबाब दिएको थियो। तर चीनले चाहेर पनि एमसीसी सम्झौता अनुमोदन हुनबाट रोक्न नसकेको अवस्थामा बेइजिङले तत्कालै विदेशमन्त्रीको भ्रमण तय गरेको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेयता वाङ नेपाल आउने संभवतः पहिलो वरिष्ठ अधिकारी हुनेछन्।

परराष्ट्रमन्त्री डा. खड्का टर्की भ्रमणबाट फर्किनासाथ चिनियाँ विदेशमन्त्रीको भ्रमण लगायत अन्य देशबाट पनि उच्चस्तरीय भ्रमणका लागि गृहकार्य अघि बढाइने मन्त्रालयका अधिकारीहरुले बताए।

त्यस्तै भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि कोशीश भइरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार