माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  चुनावी गठबन्धन गर्ने विषयमा नेपाली काँग्रेसका नेताहरुको टिप्पणी प्रति आपत्ति जनाएका छन् ।

ललितपुरको गोदावरीमा बुधबार बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले काँग्रेसका नेताहरुले अपमान सह्य नहुने बताएका हुन् ।

केही दिन अघि विराटनगरमा आयोजित कार्यक्रममा काँग्रस संस्थापनइतरका नेताहरुले माओवादी र नेकपा एकीकृत समाजवादीलाई चमेरोको संज्ञा दिँदै हात्तीको कानमा ओत लाग्न खोजेको आरोप लगाएका थिए ।

‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० सिट तल हो । त्यहीँ पार्टीलाई उचालेर सिंहासनमा लगेर राखिएको छ’, प्रचण्डले भने, ‘अहिले उसैले हामीलाई अपमानित गर्ने ? यस्तो अपमान सहन सकिन्न ।’

उनले एमसीसी बहसमा विगत जस्तो विवाद र बहस चलिरहेको भए माओवादी फुटिसकेको हुने भन्दै त्यसबाट आफूले बचाएको ब्रिफिङ गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार