
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट आदिवासी तथा जातीय मोर्चाहरुले संसदवाट पारित एमसीसी परियोजनालाई आफ्नो माटो र भुमिसँग जोडिएको गंभीर विषय भएको भन्दैं कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
एमसीसीको नाममा साम्राज्यवादी अमेरिकाले नेपालको भूमिमाथि अतिक्रमण गर्न थालेको भन्दैं त्यसका विरुद्ध कडा संघर्ष चेतावनी दिएको हो ।
शनिबार विप्लव नेतृत्वको जातीय जातीय राष्टिय मुक्ति मोर्चा, नेपाल, क्रान्तिकारी माओवादीनिकट अखिल नेपाल आदिवासी जनजाति महासंघलगायत ६ कम्युनिस्ट पार्टीनिकट जातीय मोर्चाहरुले संसदबाट साम्राज्यवादका दलालहरुले एमसीसी पारित गरेपनि आफुहरुले त्यसलाई कार्यान्वयन गर्न नदिने धम्की दिएका छन् ।
विप्लव नेतृत्वको जातीय जातीय राष्टिय मुक्ति मोर्चा, नेपालका संयोजक सन्तोष बुढामगर, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ओम गुरुनलगायत ६ पार्टीका निकट जातीय मोर्चाका नेताहरुले आफ्नो माटो र भूमिका लागि जस्तोसुकैं संघर्ष गर्न पनि तयार रहेको बताएका छन् ।
संसदबाट एमसीसी परियोजना पारित भएपछि ६ पार्टी निकट जबस र मोर्चाहरुले चरणबद्ध आन्दोलन गरिरहेको बेला यी ६ पार्टीसम्वद्ध जातीय मोर्चाहरुले चैत्र ६ गते काठमाडौंलगायत देशभर आन्दोलनात्मक कार्यक्रमको घोषणा गरेका छन् ।








