नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले नख्खुस्थित कारागारमा रहेका राजबन्दीलाई भेटेका छन् ।

मङ्गलबार भएको भेटका क्रममा राजबन्दीहरूले नेकपा नेता सुदर्शनसँग सरकार र पार्टीबीच ३ बुँदे सहमति भएको १ वर्ष बितिसक्दा पनि आफूहरूको रिहाइमा ढिलाइ भइराखेको भन्दै जिज्ञासा राखेका थिए ।

जबाफमा सुदर्शनले आफूहरू त्यसप्रति गम्भीर रहेको र शीघ्र रिहाइका लागि प्रयत्नशील रहेको जानकारी दिएका थिए । उनले पार्टीप्रति विश्वस्त रहन तथा क्रान्तिकारीहरूले कठिन परीक्षा धैर्यसाथ पार गर्नुपर्ने धारणा राखेका थिए ।

उनले बन्दीहरूको बसाइ तथा स्वास्थ्यका बारेमा चासो राखेका थिए । विभिन्न झट्टा मुद्दामा नख्खु कारागारमा ७ जना राजबन्दी छुट्न बाँकी छन् । झन्डै ३ वर्षदेखि उनीहरू आस्थाका बन्दी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार