
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बैठक आजबाट सुरु भएको छ ।
कपिलवस्तुको शिवगढीस्थित नेकपाको केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक सुरु भएको हो। बैठक अपराह्न २ बजे सुरु भएको बैठकमा नेकपाका महासचिव विप्लवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
प्रस्तुत राजनीतिक प्रतिवेदनलाई अध्ययनका लागि केन्द्रीय सदस्यलाई वितरण गरिएको छ । महासचिवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि केन्द्रीय सदस्यहरूले प्रतिवेदन अध्ययन सुरु गरेका छन् ।
अध्ययनपछि प्रतिवेदनमाथि छलफल सुरु हुने बताइएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरुले निर्वाचन बहिष्कार वा उपयोगमा आफ्नो धारणा राख्ने छन् । नेताहरुको धारणका आधारमा स्थानीय निर्वाचन बहिष्कार गर्ने वा सहभागी हुने भन्ने निर्णय गरिने नेकपाले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको यस केन्द्रीय समिति बैठकबाट के कस्तो निर्णय आउँछ भन्नेबारे सबैले व्यग्र प्रतीक्षा गरेका छन् ।







