कम्युनिस्टहरु  श्रमलाई सम्मान गर्छन् भन्ने संस्कृतिलाई आत्मसात गर्दै नेपाल कम्युनिस्ट पार्टीका नेताहरु श्रममा सहभागी भएका छन् ।

नेकपाका महासचिव विप्लव, सचिवालय सदस्यहरू प्रकाण्ड, कञ्चन, सुदर्शन र विषम केन्द्रीय जनकम्युनमा श्रममा सहभागी भएका हुन् । पार्टी केन्द्रीय सम्पर्क कार्यालय शिवगढी, कपिलवस्तुमा केन्द्रीय समितिको बाह्रौँ पूर्ण बैठक जारी रहेकै समयमा महासचिव, सचिवालयका सबै सदस्य र केन्द्रीय सदस्यहरू बिहीबार केन्द्रीय जनकम्युनमा श्रममा सहभागी भएर गहुँ काट्ने काम गरेका हुन् ।

श्रममा सहभागी पार्टी सचिवालय सदस्य र केन्द्रीय समितिका सदस्यहरूले यसलाई राजनीतिक आन्दोलनकै नयाँ परिघटनाका रूपमा लिएको प्रतिक्रिया दिएका छन् ।

शनिबार सुरु भएको केन्द्रीय समितिको बैठकमा बिहीबार खाना समयसम्म सबै केन्द्रीय समितिका सचिवालय सदस्य, केन्द्रीय सदस्य र सल्लाहकार समितिका सदस्यले महासचिव विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा आआफ्ना सुझाव, धारणासहित आफ्नो जिल्ला/क्षेत्र/जिम्मेवारीको रिपोर्टिङ प्रस्तुत गरेका छन् ।

पार्टी केन्द्रीय स्रोतले बैठक केही समय सञ्चालन हुने जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार