नेपाल कम्युनिस्ट पार्टीको एक हप्ता लामो केन्द्रीय समिति बैंठकले महासचिव विप्लवको प्रतिवेदनलाई पारित गरेको छ ।

पार्टी महासचिव विप्लवले बैठकमा प्रस्तुत गरेको‘ एकीकृत जनक्रान्तिका कार्यनीतिहरू र स्थानीय निर्वाचन’ प्रतिवेदनलाई परिमार्जनसहित पारित पारेको छ ।

१० दिनसम्म बसेको केन्द्रीय समिति बैंठकमा केन्द्रीय सदस्यहरुले राखेको विभिन्न धारणाहरुलाई संवोधन गर्दै महासचिव विप्लवले आफ्नो दस्तावेजलाई परिमार्जन गरेको पार्टीका नेताहरुले बताएका छन् ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले अनलाइखरलाई दिएको जानकारीअनुसार पार्टीले स्थानीय निर्वाचनलाई बहिष्कार पनि नगर्ने र उपयोग पनि नगर्ने नीति लिएको बताएका छन् ।

नेता धर्मेन्द्र वास्तोलाले भने, ‘आज महासचिवले प्रस्तुत गर्नु भएको दस्तावेज परिमार्जनसहित पास भयो । परिमार्जन भएको भनेको पार्टी दर्ता गरेर स्थानीय चुनावमा नजाने, किनभने हामी सत्ताकै प्रतिद्वन्द्वी हौं । तर, फेरि हामी चुनाव विरोधी पनि होइन नभएकाले स्थानीय स्तरमा देशभक्त, एमसीसी विरोधी, क्रान्तिकारी, भ्रष्टचार विरोधी उम्मेदवारहरुलाई सर्मथन गर्ने ।’

पार्टी विभाजित हुने विभिन्न अड्कलबाजी आइरहेको बेला पार्टीलाई एकढिक्का बनाएर महासचिव विप्लवले प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको नेताहरुको भनाई रहेको छ ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार